Weather : 29.35° Celsius Kathmandu
धादिङ : धादिङको खनियाबास गाउँपालिकाले स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आजबाट गाउँपालिकाबाटै दिन सकिने गाउँपालिकाको रोजगार संयोजक भीष्मा पाख्रीनले जानकारी दिनुभयो ।
बैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारको व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको अनलाईन आवेदन फारम पालिकाको रोजगार सेवा केन्द्रमा गएर भर्न पाइने व्यवस्था गरिएको पाख्रीनले बताउनुभयो ।
उक्त सेवा वैशाख १ गतेदेखि सुरु गरेता पनि गाउँपालिकाले रोजगार संयोजक र सहायकलाइ तालिम दिएपश्चात आजदेखि कार्यान्वयनमा ल्याएको पाख्रीनले बताउनुभयो । यो सँगै अब खनियाबासका नागरिकहरुलाई काठमाडौं धाउनु पर्ने बाध्यता हटेको छ।
&
बैदेशिक रोजगार ऐन, २०६४ तथा बैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार बैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
सरकारले २०७९ चैत १६ गते स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने निर्णय गरेको थियो ।