Weather : 28.24° Celsius Kathmandu
धादिङ : धादिङ संस्कृत भाषाका प्रकाण्ड बिद्धान एवम पण्डित स्व।रुद्रप्रसाद भट्टको स्मृतिग्रन्थ लोकार्पण गरिएको छ ।
आईतबार नीलकण्ठ नगरपालिका १२ स्थित पशुपति मन्दिर परिसरमा धादिङ सिर्जना प्रतिष्ठान र पशुपति क्षेत्र व्यवस्थापन समितिद्धारा आयोजित स्मृती सभामा पण्डितवर स्व।भट्टको बार्षिक पुण्यतिथिको अवसर पारेर स्मृतिग्रन्थ लोकार्पण गरिएको हो । स्मृतिग्रन्थको संस्कृतविद एवम वरिष्ठ पत्रकार कमल रिजालले लोकार्पण गर्नुभएको हो ।
वि.सं १९८६ मा धादिङको ज्वालामुखी गाउँपालिका ३ मैदीमा जन्मनुभएका पण्डितवर भट्टको २०७९ जेठ १३ गते निधन भएको थियो। ७५ बर्ष गुरुकुल शिक्षाको माध्यमबाट शिष्यहरुलाई निशुल्क संस्कृत व्याकरण तथा बैदिक कर्मका संस्कार र पद्धती अध्यापन गराउनुभएका भट्टले पुराण, वाल्मीकी रामायण,महाभारत,देवीभागवत ,गीता लगाएतका ग्रन्थहरुको व्याख्या गर्नुहुन्थ्यो ।
उहाँको २ वटा कृतिहरु प्रकाशित छन् भने अप्रकाशित रचनाहरु प्रकाशोन्मुख अवस्थामा रहेको उहाँका छोरा केशवराज भट्टले बताउनुभयो । स्मृतिग्रन्थमा बिभिन्न महानुभावहरुले स्मरण गर्नुभएको कुराहरु,जिवनवृत्त र उहाँले रचना गर्नुभएको १०० भन्दा बढी श्लोकबद्ध कविता संग्रह प्रकाशित गरिएको छोरा केशवराज भट्टले बताउनुभयो ।
&