Weather : 29.35° Celsius Kathmandu
धादिङ : धादिङको गल्छी गाउँपालिका ८ कटलपौवाका विनोद थापा मगरको हत्यामा संलग्न तिन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी थापाको हत्या गर्ने तिन अभियुक्तलाई सार्वजनिक गरेको हो ।
घटनामा संलग्न धादिङको गल्छी गाउँपालिका ८ की ४७ वर्षिया सरस्वती पनेरु(पण्डित), उनको छोरा २६ वर्षिय निरज पण्डित र पाल्पाको तानसेन नगरपालिका १४ घर भई हाल गल्छी ८ बस्ने ३० वर्षिय किरन राना रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिनुभयो ।
बुधबार राती करिक ११ः४५ बजे गल्छी कटलपौवाकै २७ वर्षीय मगरमाथि छुरी प्रहार गरी हत्या भएको थियो ।
&