Weather : 28.24° Celsius Kathmandu
धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोला माथीको मोटरेवल पुल भासिँदा अहिले यातायात पुर्णरुपमा ठप्प भएको छ ।
दिउँसो केहि समय परेको पानीले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको पुलको एकापट्टीको भाग भासिँदा सडक एकतर्फी रुपमा सञ्चालन भएकोमा अहिले अपरान्ह ४ बजेदेखी पुलमा पुन बिचको भाग पनि खसेपछि दुवै तर्फको यातायात पुर्णरुपमा ठप्प भएको हो ।