धादिङ स्पेशल / ज्वालामुखी / नेपाल / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / ज्वालामुखी / नेपाल / स्वास्थ्य

अन्तराष्ट्रिय धादिङ समाजद्वारा ढोलामा विशेषज्ञ स्वास्थ्य शिविर संचालन

अन्तराष्ट्रिय धादिङ समाजद्वारा ढोलामा विशेषज्ञ स्वास्थ्य शिविर संचालन

ढोला (धादिङ) : अन्तराष्ट्रिय धादिङ समाजको आयोजना र ज्वालामुखी गाउँपालिकाको समन्वयमा ज्वालामुखी गाउँपालिकामा २ दिने निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

रोजगारीको लागि विदेशका विभिन्न ठाउँमा छरिएर रहेका धादिङेहरुको संगठीत सस्था अन्तराष्ट्रिय धादिङ समाजले आफ्नो जन्मभूमिमा विभिन्न सामाजिक काम गर्दै आएकोमा त्यसैको निरन्तरता स्वरुप ज्वालामुखी गाउँपालिकाको ढोला स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको समाजले जानकारी दिएको छ । 

उक्त निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा मा ५१३ जनाले सेवा लिएका छन् । बैशाख ८ र ९ गते सम्म सन्चालन भएको शिविरमा २०० जनाको दाँतको परिक्षण गरीएको छ । जसमा १७० जनाको दाँत निकालिएको, ३५जनाको दाँत सफा गरेको, १० जनाको दातको एकसरे गरिएको छ । यस्तै २२५ जनाको छाला र हाडजोर्नी रोग सम्बन्धी रोगको उपचार गरीएको थियो ।

शिविरमा २५० जना महिलाहरुको रोगको उपचार र औषधी वितरण गरीएको थियो । शिविरमा १३० जनालाई जनरल फिजिसिएन सेवा प्रदान गरीएको थियो । विरामीहरुलाई लिन जाने र उपचार पछि पुर्याउने समेतको व्यवस्थान अन्तराष्ट्रिय धादिङ समाजलेनै गरेको समाजका प्रवक्ता विशेष लोहनीले जानकारी दिए ।

ाउँमै विभिन्न रोगको विशेषज्ञ सेवा सहित निशुल्क औषधी पाएपछि स्थानीयहरु खुसी देखिएका थिए ।

िविरमा महिला रोग विशेषज्ञ डा सरिता सिटौला, दन्त रोग विशेषज्ञ डा दिलिप प्रजापती, जनरल सर्जन डा गरखनाथ मिश्र, जनरल फिजिसियन डा अमरिश थापा , प्रो डा सिताराम श्रेष्ठ, विशेषज्ञ, टोलिहरु साथै दन्त चिकित्सकहरु डा बिनय भण्डारी, डा अंकित गुप्ता, डा निशा भट्ट , नर्सहरु कृतिका महत, प्रमिषा महर्जन, फार्मसिस्ट श्रावन महत, ल्याब टेक सानीला श्रेष्ठ, अनिसा श्रेष्ठ लगायत ढोला स्वास्थ्य चौकीका कर्मचारीहरुले सेवा दिएका थिए । 

िविर समापन समारोह कार्यक्रममा अन्तराष्ट्रिय धादिङ समाजका सचिव राजेन्द्र थपलिएको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष धर्म बहादुर अर्यालकाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा युकेमा रहेका समाजका अध्यक्ष राजन खकुरालले दुई दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविरलाई सफल बनाउनको लागि सहयोग गर्नुहुने पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्पुर्ण स्वास्थ्यकर्मी, आर्थिक संकलनमा सहयोग गर्ने र नेपालमा रही समाजको तर्फबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । 

िविर सन्चालनको लागि आर्थिक संयोजन बाबुकाजी भण्डारीले गरेका थिए भने संयोजक को भूमिका संस्थाका अध्यक्ष राजन खकुरालले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital