Weather : 28.24° Celsius Kathmandu
धादिङ : बालिका बलात्कारको आरोपमा धादिङका एकजना पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धादिङको गंगाजमुना गाउँपालिका–३ का २२ वर्षीय ईमानसिंह गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर रमेश थापाले जानकारी दिनुभयो ।
आरोपित गुरुङले बालिकालाई पटक पटक बलात्कार गरेको र पछिल्लो पटक ०७९ चैत २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा वैशाख ५ गते अपहरण र बालिका बलात्कार गरेको उजुरीे दर्ता गराए पश्चात वैशाख ५ गते पक्राउ गरिएको इन्स्पेक्टर थापाले जानकारी दिनुभयो ।