कला/साहित्य / संस्कृति/पर्यटन / गाउँ-समाज

गृहपृष्ठ कला/साहित्य / संस्कृति/पर्यटन / गाउँ-समाज

बिस्केट जात्रा : पाँचौं दिन भैरवको रथ तानेर थिमिमा

बिस्केट जात्रा : पाँचौं दिन भैरवको रथ तानेर थिमिमा

काठमाडौँ : भक्तपुरको प्रसिद्ध सांस्कृतिक एवम् ऐतिहासिक बिस्का (बिस्केट) जात्राको पाँचौं दिन शुक्रबार भैरवको रथ तानेर थिमिमा ल्याइएको छ । शुक्रबार बिहानै स्थानीय युवाहरूले टर्च बालेर भैरवको रथ तानेका थिए । 

यस क्रममा उनीहरूले बत्ती बालेर पूजा आरधाना गरेका थिए । सोमबार बिहानदेखि सुरु भएको यो जात्रा वैशाख ५ गतेसम्म मनाइन्छ । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वको (बिस्का) बिस्केट जात्राको चौथौं दिनको साँझ बिहीबार भेलुखेलस्थित ५५ हाते लिंगो उभ्याइएको थियो । 

आठ रात नौ दिनसम्म मनाइने बिस्केट जात्राअन्तर्गत तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी अष्टमातृकाको प्रतिक आठ वटा डोरी बाँधेर बिहीबार साँझ लिंगो उभ्याइएको हो । जात्राको चौथो दिन एवं वर्षको अन्तिम दिन चैत्र मसान्तमा भक्तपुर नगरको तालाक्वस्थित ज्याठा गणेशको मन्दिर परिसरमा स्थानीय प्रजापति समुदायले ‘ल्हा मरुम्ह यसीं’ हात नभएको लिंगो उभ्याउने परम्परा छ । 

क्त लिंगो ठड्याएपछि गःहिटीमा रहेको भैलख खलाः जुकेगु अर्थात् भैरवको रथलाई तानेर लयक्व, खलाः हुँदै भेलुखेल पुर्‍याएर बाजागाजासहित ५५ हाते लिंगो उभ्याइने प्रचलन छ । सोही प्रचलन अनुसार सयौंको सहभागितामा बिहीबार साँझ लिंगो ठड्याएको छ ।

ैत्र मसान्तमा उभ्याएको लिंगो वैशाख १ गते विधिपूर्वक ढाल्ने प्रचलन छ । जात्राको आठौं दिन भक्तपुरमा रहेका सम्पूर्ण देवीदेवताको सगुन पूजा गरिन्छ । यसलाई स्थानीय नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ ।

ात्राको नवौं दिन बैशाख ५ गते बिहान तालाक्व स्थित उभ्याइएको ज्याठा गणेशको ‘ल्हा मरुम्ह यसीं’ हात नभएको लिंगो ढालिन्छ र बेलुका जात्राको पहिलो दिन जस्तै भैरवनाथ र भद्रकालिको रथ तानेर जात्रा सम्पन्न गरिने परम्परा छ ।

ेपाल सम्वत २६८ अर्थात लिच्छवी कालभन्दा अगाडिदेखि राजा जगत ज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ ।

्यसपछि नेपाल सम्वत् ८२७ मा राजा भूपतिन्द्र मल्ल बिस्केट जात्रालाई थप व्यवस्थित गरी आठरात र नौ दिन सम्म मनाउने प्रचलन बसाएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital