धादिङ स्पेशल / रुवीभ्याली / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / रुवीभ्याली / राजनिति

गठबन्धनका कारण ध्वस्त भएको देशको अर्थतन्त्र एमालेले मात्रै सुधार्न सक्छ : ओली

गठबन्धनका कारण ध्वस्त भएको देशको अर्थतन्त्र एमालेले मात्रै सुधार्न सक्छ : ओली

धादिङ : गठबन्धनका कारण ध्वस्त भएको देशको अर्थतन्त्र नेकपा एमालेले मात्रै सुधार्न सकिने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए ।

एमालेको नेतृत्वमा सरकार रहँदासम्म आर्थिक विकास उल्लेख्य रुपमा भइरहेको अवस्थामा गठबन्धनको नेतृत्वमा सरकार बनेपछि देशको अर्थतन्त्र संटकग्रस्थ बनेको छ । अब एमालेको सरकार बनेपछि मात्रै अर्थतन्त्र सुधार हुने उनले बताए । 

देशको अर्थतन्त्र धान्न नसक्ने अवस्थामा पुगिसकेको बताउँदै अध्यक्ष ओलीले रुविभ्याली जस्तो पर्यटकीय क्षेत्रहरुको विकास र प्रवर्दनमा ध्यान दिन सके आर्थिक अवस्थामा सुधार आउने बताए । 

नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत धादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ओलीले ५० वर्ष अगाडि जेलमा रहँदा नै रुविभ्यालीको बारेमा सुनेको स्मरण समेत गरे । 

हिलो पटक रुविभ्यालीमा पाइला टेकेको भएपनि रुविभ्यालीमा आइने पत्थरहरुको विशेषताको बारेमा व्याख्या गर्नुहँुदै रुविभ्यालीमा पाइने रुवि ढुंगा, सिलाजित लगायतका बहुमुल्य पत्थरहरु संकलन गरेर सुरक्षित राखिरहेको बताए । यस्ता बहुमुल्य पत्थरहरु र खनिजपदार्थ पाइने ठाउँको विकास गर्न सरकार मार्फत आवश्यक बजेट व्यवस्थापनमा पहल गर्ने उनले बताए ।

ादिङबेसीदेखि रुविभ्यालीसम्मको बाटोलाई डबल लेनसहित स्तरउन्नती गराउने कामलाई पहिलो प्राथमिकतामा राख्ने उनले बताए । रुविभ्यालीको सबैभन्दा चर्चित पर्यटकीय स्थल पाङ्साङ् पाससम्म सडक संजाल पु¥याउन सकिने र आफु त्यस क्षेत्रको विकासमा निरन्तर लागिरहने उनले बताए । 

ेपाल र चिनसँग जोड्ने सिमा पनि रुविभ्यालीमै पर्ने भएकोले रुविभ्यालीको जनतालाई केरुङसम्म जाने, व्यवसाय संचालन गर्ने पासको व्यवस्था मिलाउन पहल गर्ने उनले बताए । 

ादिङको उत्तरी क्षेत्रमा पर्ने पर्यटकीय स्थल रुविभ्यालीमा आयोजित जनसभा तथा सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न आइतबार हेलिकप्टर मार्फत पुगेका ओलीले रुविभ्यालीको पर्यटकीय स्थलहरुको पनि अवलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital