धादिङ स्पेशल / नीलकण्ठ / त्रिपुरासुन्दरी / नेपाल / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / त्रिपुरासुन्दरी / नेपाल / अपराध

बालिका बेचविखनमा संलग्न धादिङ त्रिपुरासुन्दरीका ५ सहित ७ जना जेल चलान, बालिकाको उद्धार

बालिका बेचविखनमा संलग्न धादिङ त्रिपुरासुन्दरीका ५ सहित ७ जना जेल चलान, बालिकाको उद्धार

धादिङ :  धादिङकी एक बालिकालाइ ललाइ फकाइ बेच्नको लागि भारत पुर्याउने गिरोहलाइ जिल्ला अदातल धादिङले जेल चलान गरेको छ ।

गएको मंसिर १५ गते त्रिपुरासुन्दरीबाट हराइरहेकी बालिका भारत पुर्याइएको सूचना पाएसंगै बालिकाको उद्धार गरिएको र बेचविखनमा संलग्नहरुलाइ पक्राउ गरेको थियो ।

बेचविखनको जालो छोड्न र घटनामा संलग्न सवैलाइ पक्राउ गर्नको लागि प्रहरीले सवै सूचनाहरु गोप्य राखी कारवाही प्रक्रिया अघि बढाएको थियो । फलस्वरुप ५ जना धादिङ त्रिपुरासुन्दरीकै स्थानीयहरु र अन्य २ जना यस बेचविखनप्रकरणमा संलग्न भएको पाएपछि उनीहरुमाथी जिल्ला प्रहरी कार्यलय धादिङले मुद्धा चलाएको थियो ।

घटनामा पक्राउ परेकाहरुलाइ माघ १५ गते जिल्ला अदालत धादिङबाट ६० दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान पूरा गरी जिल्ला अदालत धादिङमा मानवबेचविखन कसुरमा मुद्धा दायर गरेको थियो । 

उक्त मुद्धामा मंगलबार भएको थुनछेक आदेशपछि जिल्ला अदालत धादिङले पक्राउ परेकाहरुलाइ पुर्पक्षको लागि कारागार चलान गरेको हो ।
 

ानवबेचविखन कसुरमा जेल चलान हुनेहरुमा धादिङका त्रिपुरासुन्दरी ३ निवासी अस्मिता नेपाली, रुपेन्द्र अधिकारी, गिता न्यौपाने, कल्पना आले मगर र त्रिपुरासुन्दरी १ बस्ने कोपिला दमै रहेका छन् । त्यस्तै काठमाण्डौं कागेश्वरी मनहरा नगरपालिका ६ बस्ने कबिता बानियाँ ९आचार्य० र सोलुखुम्बु नेचासल्यान २ स्थायी घर भई हाल काठमाण्डौंको गंगबु बस्ने कमला नेपाली रहेका छन् ।

नीहरुले बालिकालाइ भारतको पहाडगंजमा गएर पुजा गर्दा प्रशस्त पैसाहरु आफैं झर्छ भनी पैसाको प्रलोभनमा पारी बालिकाको शरीरको उचाई, तौल नापी शरिरमा कुनै किसिमको दाग नरहेको फोटो, भिडियो whats app र messenger बाट पठाई भारतिय मानव तस्करहरुसंग मिलेर बालिका भारत पुर्याएकाे प्रहरी अनुसन्धानले देखाएको छ ।

नीहरुले बालिकाको अभिभावकहरु बालिकालाइ अपहरण गरी मानव बेवबिखनका लागि धादिङको जिल्लाको मलेखु हुँदै रुपन्देही जिल्लाको सुनौली नाका हुँदै भारतको पहाडगंजमा पुर्याईएको अवस्थामा प्रहरीले फेला पारेपछि मानव तस्कारको जालो पत्ता लगाएको थियो ।

िभिन्न संघ संस्था तथा किङ ईन्डियासंग नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्यूरो र जिल्ला प्रहरी कार्यालय धादिङको संयुक्त पहलमा भारतबाट पीडितलाई उद्धार गरी ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
100 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital