धादिङ स्पेशल / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नेपाल

जनगणना २०७८ मा धादिङ : जनसंख्या घटयो, परिवार संख्या बढ्यो

जनगणना २०७८ मा धादिङ : जनसंख्या घटयो, परिवार संख्या बढ्यो

धादिङ : राष्ट्रिय जनगणना २०७८ अनुसार धादिङ जिल्लाको जनसंख्या घटेको छ । २०६८ को जनगणनाको तुलनामा २०७८ मा धादिङ जिल्लामा १० हजार ३ सय ५७ जना घटेको पाइएको हो ।

२०६८ सालको जनगणनामा धादिङको जनसंख्या कुल ३ लाख ३६ हजार ६७ रहेको थियो भने २०७८ मा आउदा ३ लाख २५ हजार ७ सय १० मा झरेको छ । २०५८ को तुलनामा पनि २०६८ मा जनसंख्या घटेको थियो । २०५८ को जनगणना अनुसार धादिङमा ३ लाख ३८ हजार ६ सय ५८ जना रहेका थिए ।

२०७८ को जनगणना अनुसार धादिङ जिल्लामा पुरुष ४८.८ प्रतिशत (१ लाख ३९ हजार ४८ जना) र महिला ५१.२ (१ लाख ६६ हजार ६ सय ६२) रहेका छन् । जनसंख्या अनुसार धादिङको जनघनत्व १६९ जना प्रतिवर्गकिमी रहेको छ ।

ादिङको कुल जनसंख्या मध्ये १ हजार ४ सय ८४ जना विदेशमा जन्मिएकाहरु छन् भने ३ लाख २४ हजार १ सय ७३ जना देशभित्रै जन्मिएका छन् । त्यस्तै ५३ जना जन्मस्थान नखुलेका ब्यक्ति रहेका छन् ।

०६८ को जनगणनाको तुलनामा जनसंख्या घटेपनि परिवार संख्या भने बढेको छ । २०६८ मा ७३ हजार ५ सय ८३ परिवारसंख्या रहेको थियो भने २०७८ मा बढेर ८३ हजार ६ सय ४३ परिवार संख्या पुगेको छ । जसअनुसार एक परिवारमा औषत ३.८९ ब्यक्तिहरुका रहेका छन् । ८३ हजार ६ सय ४३ परिवार मध्ये ७७ हजार ६ सय ७० परिवार आफ्नै घरमा बसोबास गर्ने गरेका छन् भने ५ हजार ३ सय ५३ परिवार भाडाको घरमा बस्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital