खेलकुद

गृहपृष्ठ खेलकुद

थ्री नेसन्स कपको तयारी पूरा

थ्री नेसन्स कपको तयारी पूरा

ललितपुर : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गरेर  प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।

चैत ८ गतेदेखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने थ्री नेसन्स कपको आवश्यक तयारी पूरा गरिसकेको एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए। 

नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका लागि भुटान र लाओसको टोली सोमबार नेपाल आइसकेको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए।

उनका अनुसार सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताका शीर्ष २ टोलीले उपाधिका लागि भिड्ने छन्। फाइनल खेल चैत १७ गते हुनेछ।

उद्घाटन खेलमा नेपालले चैत ८ गते लाओससँग खेल्नेछ। नेपालले आफ्नो दोस्रो खेल चैत १४ गते भुटानविरुद्ध खेल्नेछ। यही प्रतियागितामा चैत ११ गते भुटान र लाओस प्रतिस्पर्धा गर्ने छन्। 

िगका ३ खेल फिफामा काउण्ट भए पनि फाइनल खेल भने यसमा गणना नहुने प्रतियोगिता निर्देशक सन्जीव मिश्रले जानकारी दिए। नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीको प्रशिक्षणमा रहेको नेपाली टोलीको अन्तिम नामावली सार्वजनिक भइसकेको छैन। 

्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने प्रवक्ता साहले जानकारी दिए। यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउँदा हरेक खेलको म्यान अफ दि म्याचले २५० डलर पाउने छन्। प्रतियोगिताको पुरस्कार राशी राष्ट्रिय खेलकुद परिषद (राखेप) ले उपलब्ध गराउनेछ। 

्री नेसन्स कपका लागि  एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भिभिआइपीतर्फ १ हजार रूपैयाँ टिकट दर राखिएकोे जनाएको छ। यो टिकट दर झण्डै २० वर्षअघिकै सरह भएको निर्देशक मिश्रले पत्रकार सम्मेलनमा दावी गरे। 

िकट खल्ती एपबाट पनि किन्न सकिनेछ। प्रतियोगिताको अनुमानित बजेट १ करोड ७७ लाख ६८ हजार ४ सय ८० रूपैयाँ रहेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital