राजनिति

गृहपृष्ठ राजनिति

जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीलाई एमालेको निर्देशन

जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीलाई एमालेको निर्देशन

काठमाडौँ : नेकपा (एमाले) ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ ।

एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिकास्तरीय कमिटीहरुलाई निर्देशन दिइएको बताएका हुन् ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै उनले चैतको २० देखि २५ गतेसम्म ५ दिन पालिकास्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको पनि स्मरण गराए ।

त्यसैगरी २५ देखि ३० गतेसम्म जिल्लाले आफ्नो सो विषयको रिपोर्ट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाइ थियो । ‘जनसरोकारको विषयको पहिचान गर भनेर भनेका छौं ।

 

ो चाहिँ ७५३ वटै स्थानीय तहबाट हुनु पर्‍यो । ती कमिटीहरुबाट हामीले सुझाव मागेका छौं, उनले भने, तपाईंहरु जुन/जुन पेसा र व्यवसायमा हुनुहुन्छ ।

्यो पेसा र व्यवसायको पहिचान पनि त्यसमा राख्नुपर्‍यो । भौतिक पूर्वाधारको क्षेत्रमा के छ ?, किसानहरुले भोगिरहेका समस्या के छन् ? पार्टीले आउने यो महिनाको २० गतेबाट २५ गतेसम्म हामी पालिका तहको रिपोर्टिङ तयार गर्नेछ यही विषयमा ।

पमहासचिव रिमालले पार्टीका स्थानीय कमिटीहरुले किसानले भोगिरहेका समस्याबारे, त्यहाँको भौतिक पूर्वाधार क्षेत्रको विकासबारे पनि पार्टीको माथिल्लो कमिटीलाई रिपोर्टिङ गर्नुपर्ने योजना तय गरिएको बताए । पार्टीले जनताको पक्षमा काम गर्नका लागि पनि पार्टी कमिटीहरुले रिपोर्टिङको कामलाई अघि बढाउनुपर्ने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital