राजनिति

गृहपृष्ठ राजनिति

मन्त्रालय बाँडफाँटमा अस्वाभाविक दाबी भयो भने कठिन हुन्छ : गगन थापा

मन्त्रालय बाँडफाँटमा अस्वाभाविक दाबी भयो भने कठिन हुन्छ : गगन थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटको टुंगा नलागेकाले मन्त्रिपरिषद् विस्तारमा अझै केही दिन लाग्ने बताएका छन् ।

उनले गठबन्धनमा संसद्भित्रको अंकगणितभन्दा अस्वाभाविक हुने गरी दाबी गर्दा मन्त्रालय बाँडफाँटमै समस्या हुने बताए ।

काठमाडौंमा नेपाल प्रेस युनियनले गरेको कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग महामन्त्री थापाले भने, प्रधानमन्त्रीलाई विश्वासको मत दिने सबै दलहरूको बीचमा समझदारी बनाउनुपर्नेछ । दलहरू धेरै छन्, दलभित्र आकांक्षीहरू झन् धेरै छन् । 

्यसलाई मिलाउँदा केही समय लाग्न सक्छ । तर लामो समयदेखि मन्त्रालयहरू नेतृत्वविहीन भएकाले समयको दबाबलाई पनि ध्यान दिनुपर्नेछ ।

नले दलहरूले संसद्भित्रको गणितलाई बिर्सिएर मन्त्रालयमा अस्वभाविक दाबी पेस गर्दा समस्या हुने बताए । संसद्‍‍भित्र जस्तो अंकगणित छ, त्यसलाई नसुहाउने गरी दाबी प्रस्तुत भयो भने त्यसले समस्या सिर्जना गर्छ ।

नले कांग्रेसले गठबन्धनमा कति वटा मन्त्रालय पाउने भन्ने टुंगो नलाग्दा त्यसबारे पार्टीभित्र पनि छलफल नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital