Weather : 29.35° Celsius Kathmandu
काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत १७ गतेदेखि सुरु हुँदै छ। परीक्षाका लागि देशभर ४ लाख ८५ हजार विद्यार्थी तयारीमा जुटेका छन्।
परीक्षा नियन्त्रण कार्यालयले परीक्षाका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। कक्षा १० को एसईई परीक्षामा यस पटक ४ लाख ८५ हजार विद्यार्थी सहभागी हुँदै छन्।
साधारण, परम्परागत र प्राविधिक धारका गरी ८६ विषयको परीक्षाका लागि सबै जिल्लामा उत्तर पुस्तिका र प्रश्न पत्र पुर्याई सकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।