Weather : 13.24° Celsius Kathmandu
काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा हिमालयन र संकटाले गोलरहित बराबरी खेलेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई गोलमा परिणत गर्न सकेनन् । हिमालयनको यो दोस्रो बराबरी हो ।
यस बराबरीसँगै हिमालयनले ५ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ। संकटाको यो तेस्रो बराबरी हो । संकटाले ५ खेलमा ६ अंक जोडेको छ।