खेलकुद

गृहपृष्ठ खेलकुद

सातदोबाटो खुमलटारलाई २–१ ले हराउदै अंक तालिकाको शीर्ष स्थानमा

काठमाडौँ : सातदोबाटोले सहिद स्मारक लिग ए डिभिजन ०७९–०८० मा बिहीबार खुमलटारलाई २–१ ले हराएर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

च्यासल मैदानमा भएको खेलमा खुमलटारका लागि सरदोरवे मातमुराटोभ र दीपकराज सिंह ठकुरीले गोल गरे । खुमलटारका लागि राजीव लोप्चनले १ गोल फर्काए ।

यो जितपछि सातदोबाटोको १२ अंक भएको छ । चर्च ब्वाइज एक खेल कम खेलेर १० अंक छ । खुमलटार भने छ अंकमै सीमित रह्यो ।

बिहीबार नै सातदोबाटोमा भएको अर्को खेलमा हिमालयन शेर्पा र संकटाले गोलरहित बराबरी खेले । हिमालयनको ५ अंक भएको छ भने संकटाको ६ अंक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल