Weather : 14.12° Celsius Kathmandu
काठमाडौँ : प्रधानमन्त्री थ्री नेसन्सकप फुटबल प्रतियोगिता चैत ८ बाट दशरथ रंगशालामा सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।
एन्फाका अनुसार चैत १७ सम्म हुने प्रतियोगितामा नेपालसँग भुटान र लाओसको सहभागिता रहनेछ । सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टिमले फाइनल यात्रा तय गर्नेछ ।
प्रतियोगिताको खेलतालिकाअनुसार नेपालले लाओससँग चैत ८ तथा ११ मा भुटानसँग खेल्नेछ । यस्तै चैत ११ मा भुटान र लाओसबीच खेल हुनेछ । यसै प्रतियोगिताबाट नेपाली राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।