अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ उत्कृष्ट गोलकिपर

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको दोस्रो डिभिजनको लिग हिरो आईलिगमा उत्कृष्ट गोलकिपर चुनिएका छन् ।

पन्जाब एफसीबाट आईलिग खेलेका किरण उत्कृष्ट गोलकिपर चुनिएका हुन् । किरण आबद्द पन्जाबले आईलिगको उपाधि जितेको थियो ।

टिमलाई उपाधि दिलाउन महत्वपूर्ण प्रदर्शन गरेका किरण उत्कृष्ट गोलकिपर बनेका हुन् । लिगको उपाधिसँगै पन्जाब इन्डियन सुपर लिग (आईएसएल) मा बढुवा भएको छ ।

किरण यस अघि पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल