धादिङ स्पेशल / गजुरी / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी / राजनिति

बागमती प्रदेशबाट धादिङको खेलकुद विकासका लागि निरन्तर सहयोग हुने : मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल

धादिङ : बागमती प्रदेश सरकारबाट धादिङको खेलकुद विकासका कार्यक्रमलाई निरन्तर सहयोग हुने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले बताउनुभएको छ ।

धादिङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा गजुरीमा भएको १२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुदैँ उहाँले यस्तो बताउनुभएको हो । 

राष्ट्रिय खेलकुद प्रतियोगितामा गोल मेडलहरु धादिङका खेलाडीहरुले ल्याएको भन्दै शुभकामना समेत दिनुभएको छ । त्यस्तै समय मै जिल्ला खेलकुद विकास समितीको भवन निर्माण गर्न आग्रह गर्नुभएको छ ।

 

खेलकुद क्षेत्र र खेलाडीका लागि बागमती प्रदेश सरकारबाट सधैँ सहयोग गर्न तयार रहने बताउनुभएको छ । आजबाट सुरु भएको रनिङ शिल्ड प्रतियोगिता २५ गतेसम्म संचालन हुनेछ ।

४२ स्वर्ण पदका लागि भलिबल, कबड्डी, एथलेटिक्स, ज्याभलिन थ्रो, सटपुट, कँराते, तेक्वान्दो लगायतका खेलहरू हुने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल