Weather : 14.12° Celsius Kathmandu
धादिङ : धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचीललाई नीलकण्ठ नगरपालिका वडा नं ८ को सामुदायिक वन क्षेत्रमा छाडिएको छ ।
तस्करी हुदैँ गर्दा उद्धार गरिएको हुचिललाई डिभिजन वन कार्यलय धादिङले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानियहरु लगायतको रोहबरमा सामुदायिक वनमा छोडिदिएको हो ।
मकवानपुरको थाहा नगरपालिका वडा नं १२ का रमेश स्याङ्तान र धादिङको थाक्रे गाउँपालिका वडा नं ५ का विनोद लामाले अवैध ढंगले विक्रि गर्न लागेको सुचनाको आधारमा इलाका प्रहरी कार्यलय खानीखोला धादिङ र केन्द्रिय अनुसन्धान व्युरो महाराजगञ्ज काठमाण्डौँबाट खटिएको संयुक्त प्रहरी टोलीले संरक्षित पंक्षी हुचिल चरा जिवितै बरामद गरेको थियो ।
अनुसन्धानको क्रममा डिभिजन वन कार्यलय धादिङको खोरमा राखिएको संरक्षित पंक्षी हुचिललाई लामो समयसम्म मानव नियन्त्रणमा राख्दा मर्ने सम्भावना भएकाले आज जंगलमा छाडिएको डिभिजन वन कार्यलय धादिङले जनाएको छ।