राजनिति / आर्थिक / कृषि/सहकारी

गृहपृष्ठ राजनिति / आर्थिक / कृषि/सहकारी

वित्तीय संस्था र सहकारीको सुरक्षामा विशेष सतर्कता अपनाउन ७७ वटै प्रशासनलाई गृहको परिपत्र

काठमाडौँ : सरकारले देशभरका बैंक, लघुवित्त र सहकारी संस्थाको सुरक्षामा विशेष प्रबन्ध मिलाउन जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयमातहतका सुरक्षा निकायहरुलाई परिपत्र गरेको छ ।

बैंकिङ कसुर, ठगी, खराब ऋणमा संलग्नले आफूले लिएको कर्जा तिर्नुको साटो उल्टै वित्तीय संस्थालाई नै धम्क्याएका घटना बाहिरिएपछि गृह मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयलाई परिपत्र गरेर आपराधिक गतिविधि रोक्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बैंक, लघुवित्त, सहकारीलगायत संस्थामाथि निशाना बनाएर आपराधिक गतिविधि हुनसक्नेप्रति सावधान रहन र कसैले कानुन हातमा लिएका कडाइका साथ कारबाही गर्न प्रशासन र प्रहरीलाई निर्देशन दिइएको बताए ।

प्रवक्ता बस्नेतले शुक्रबार साँझ सबै जिल्ला प्रशासन र नेपाल प्रहरीलाई यससम्बन्धी विषय समेटेर परिपत्र गरिएको बताए । बैंकरवित्तीय संस्था तथा सहकारी संस्था लक्षित गरेर उत्शृङखल, अराजक र अवाञ्छित गतिविधि हुनसक्छ, त्यसप्रति सजग रहन र कसैले कानुन हातमा लिएको छ भने कारबाही गर्न निर्देशन दिइएको छ,’ प्रवक्ता बस्नेतले कान्तिपुरसँग भने, अवाञ्छित गतिविधि गर्नकै लागि घुसपैठ हुनसक्नेप्रति पनि उच्च सतर्कता अपनाउन पनि भनेका छौं ।

केही साताअघि व्यवसायी दुर्गा प्रसाईंले झापामा आयोजित सार्वजनिक कार्यक्रममै बैंकरवित्तीय संस्थाका सञ्चालकरकर्मचारीलाई कालोमोसो दल्न भन्दै ऋणीलाई उक्साएका थिए । उनको विवादास्पद र आपत्तिजनक अभिव्यक्तिपछि कानुन हातमा लिनसक्ने व्यक्ति तथा समूहमाथि प्रहरीले पनि निगरानी थालेको छ ।

प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले जुनसुकै आवरणमा भए पनि कानुन हातमा लिने जोसुकैलाई कारबाही गरिने बताए । ‘कालोमोसो दल्न आह्वान गर्ने दुर्गा प्रसाईंको अभिव्यक्तिलाई प्रहरीले ‘नोटिस’ मा राखेर सम्भावित आपराधिक गतिविधि रोक्न सुक्ष्म निगरानी गरिएको प्रवक्ता पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल