आर्थिक / कृषि/सहकारी / व्यापार

गृहपृष्ठ आर्थिक / कृषि/सहकारी / व्यापार

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

Mahotsap
दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढ्यो

काठमाडौँ : सरकारले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको हो ।

किसानले पाउने दूधको न्यूनतम मूल्य अब प्रतिलिटर ५६ रुपैयाँ ४० पैसा बाट बढेर ६५ रुपैयाँ ५० पैसा बनाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको हो’ उनले भने । यसको भार सिधै उपभोक्तामा पर्नेछ । अब उपभोक्तालाई दूधको मूल्य कम्तीमा प्रतिलिटर १० रुपैयाँ बढ्नेछ । 

Between Description 4

सरकारी स्वामित्वको डीडीसीले हाल फ्याट निकालिएको निलो प्याकेटको दूध प्रतिलिटर ८६ रुपैयाँमा बिक्री गर्दै आएको छ । अब सो दूधको मूल्य ९६ रुपैयाँभन्दा बढी पर्नेछ । दूधको मूल्य बढेपछि दुग्धजन्य अन्य वस्तु दही, पनिर, घ्यु लगायतको पनि मूल्य बढ्न जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल