धादिङ स्पेशल / नीलकण्ठ / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / राजनिति

नीलकण्ठमा ने. वि. संघको ७१ सदस्यीय कमिटि, स्व.वि.यु अध्यक्षमा ४ जना आकांक्षी

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिए सँगै नेपाल विद्यार्थी संघ नीलकण्ठ बहुमुखी क्याम्पस इकाइले आफ्नो संगठन विस्तारको गतिविधिलाई तिब्रता दिएको छ । आगामी चैत्र ५ गतेको लागि त्रिभुवन विश्वविद्यालयले स्व.वि.यु निर्वाचनको मिति घोषणा गरेसँगै ने.वि. संघले विहिबार नीलकण्ठ क्याम्पसमा कबिराज श्रेष्ठको अध्यक्षतामा ७१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

ने.वि.संघ नीलकण्ठ क्याम्पस इकाइका अध्यक्ष कबिराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न इकाइ कमिटि बिस्तार तथा स्व.वि.यु निर्वाचन विशेष अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ का सचिव भीम प्रसाद भट्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा ने.वि.संघ नीलकण्ठ नगर संयोजक दिनेश श्रेष्ठ, ने.वि.संघका नेताहरु रोशन कोइराला, विनोद रिजाल, डि.बी. कुमाल लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो । निर्वाचन कार्यतालिका अनुसार फागुन १९ गते शुक्रवार निर्वाचनमा सहभागी हुने सबै विद्यार्थी संगठनहरुले आफ्नो संगठन दर्ता गर्नुपर्ने भएकाले पनि इकाइलाई पुर्णता दिइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

भेलामा सहभागी अधिकांश विद्यार्थीहरुले स्व.वि.यु निर्वाचनमा ने. वि. संघलाई विजयी गराउन सबै जना आ-आफ्नो तह र तप्काबाट क्रयाशिल भइ लाग्नु पर्ने बताए । व्यक्ति भन्दा माथि संगठन भन्ने भावले निर्वाचनमा लागे ने.वि. संघले सानदार विजयी हासिल गर्ने उनीहरुको भनाइ रहेको छ ।

त्यस्तै नीलकण्ठ बहुमुखी क्याम्पसमा स्व.वि.यु निर्वाचनको माहोल सुरु भए सँगै नेपाल विद्यार्थी संघबाट स्व.वि.यु अध्यक्षमा आकांक्षीहरुको गतिविधि बढ्न थालेको छ । हालसम्म अध्यक्षका लागि ने वि संघबाट रोशन कोइराला, विनोद रिजाल, कबिराज श्रेष्ठ र दिनेश श्रेष्ठ गरि ४ जना आकांक्षीहरु रहेका छन् । विद्यार्थीहरुका बिच लोकप्रिय रहेका र जिल्ला स्तरमा प्रतिनिधित्व गर्न सक्ने ४ जना नै अध्यक्षका अकांक्षी रहेकाले टिकट कसले पाउँछ भन्न नसकिने भेलामा सहभागी एक विद्यार्थीले बताए ।      

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल