धादिङ स्पेशल / नीलकण्ठ / खनियावास

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / खनियावास

धादिङमा हातहतियार खजना र सवारी ज्यान मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

धादिङमा हातहतियार खजना र सवारी ज्यान मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

धादिङ : जिल्ला प्रहरी कार्यालय धादिङले हातहतियार खजना र सवारी ज्यान मुद्दाका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

हातहतियार खजना कसुर मुद्दामा फरार रहेका खनियाबास गाउँपालिका–४ का २८ वर्षीय मनोज तामाङ भन्ने मनोज कुमार गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

यस्तै सवारी ज्यान मुद्धामा ३ महिना कैद भई फरार रहेका रुवीभ्याली गाउँपालिका–६ लापा घर भई हाल नीलकण्ठ नगरपालिका ३ बस्ने ३२ वर्षीय देउ बहादुर तामाङ पक्राउ परेका छन् ।

पक्राउ परेका २ जनालाई नै आवश्यक कारबाहीका लागि बिहिबार धादिङ जिल्ला अदालत पेश गरिएको जैसवारले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल