Weather : 13.8° Celsius Kathmandu
धादिङ : धादिङको धुनिबेशी नगरपालिका–९ रुपाकोटस्थित सडकमा टिप्पर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ। २ जना घाइते भएका छन् ।
मंगलबार राति प्र ३–००१ क ६४५६ नम्बरको टिप्पर निर्माणाधीन सडक भासिएर सडकबाट करिब २ मिटर तल खसेर दुर्घटना हुँदा टिप्परचालक धुनिबेशी नगरपालिका–५ बद्रीटारका २९ वर्षीय सानोकान्छा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका तामाङको बिएण्डबी अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाईते भएका सहचालकसहित २ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।