Weather : 25.12° Celsius Kathmandu
धादिङ : धुनिवेशी नगरपालिका वडा नं ६ नौविसेबाट संरक्षित वन्यजन्तु सालकको खपटा र जिउँदो हुइचिल सहित २ जना पक्राउ परेको छ । विशेष सुचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रिय अनुसन्धान व्यूरो र इलाका प्रहरी कार्यलय खानिखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका वडा नं ५ नयाँगाउँका ४७ वर्षीय विनोद लामा र मकवानपुर थाहा नगरपालिका वडा नं १२ लितिका १९ वर्षीय रमेश स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभएको छ ।
चामलको बोरा भित्र लुकाई छिपाई ल्याएको ५ किलो ३ सय ग्राम संरक्षित वन्यजन्तु सालकको आखेटोपहार र चाउचाउको कार्टुनभित्र लुकाई छिपाई ल्याएको १ जिवित हुचिल बरामद गरेको प्रहरी नायव उपरीक्षक जैसवारले बताउनुभयो ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यलय नौविसे धादिङमा बुझाइएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।