धादिङ स्पेशल / थाक्रे

गृहपृष्ठ धादिङ स्पेशल / थाक्रे

धादिङ थाक्रे गाउँपालिका–७ जुँगेखोलामा ८९ जनाले गरे रक्तदान

धादिङ  थाक्रे गाउँपालिका–७ जुँगेखोलामा ८९ जनाले गरे रक्तदान

धादिङ : धादिङको थाक्रे गाउँपालिका–७ जुँगेखोलामा ८९ जनाले गरे रक्तदान गरेका छन्।

हाईवे बचत ऋण सहकारी संस्था लिमिटेड गल्छी–६ बैरेनीद्धारा सरस्वती सेवा केन्द्र स्थापनाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २० जना महिला ६९ जना पुरुष गरि ८९ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म भएको रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग तथा धादिङ जेसिसको सहयोग रहेको थियो ।

धादिङमा रक्तदान गर्नेको संख्या बढ्दै गएको छ । नियमित रूपमा रक्तदान गर्ने रक्तदाताहरूको संख्या बढेसँगै जिल्लामा रगत संकलन बढ्दै गएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ । रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल