धादिङ स्पेशल / ज्वालामुखी / कृषि/सहकारी

गृहपृष्ठ धादिङ स्पेशल / ज्वालामुखी / कृषि/सहकारी

ज्वालामुखीका कृषकहरुलाई दुग्ध विकास प्रशोधन तथा चिज उत्पादन तालिम

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका वडा नं २ सातदोबाटोमा दुग्ध विकास प्रशोधन र चिज उत्पादन तालिम जारी भएको छ ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ज्वालामुखी गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सहयोगमा आयोजित १५ दिने दुग्ध विकास प्रशोधन र चिज उत्पादन तालिम सोमबारदेखि सुरु भएको हो।

कृषिमा आम्दानी, बेरोजगार व्यक्तिहरुलाई रोजगारको अवसर,कृषि व्यवसायलाई अगाडि बढाउन तथा आर्थिक अवस्था सुधार गर्ने उद्धेश्यले आयोजना गरिएको तालिममा ज्वालामुखी वडा नं १, २ र ३ का ८० जनाको सहभागिता रहेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डका किशोर सिंह र राजेन्द्र गोपाल श्रेष्ठले सहजिकरण गर्ने तालिममा दुधबाट बन्ने परिकारहरु, गाइ तथा भैँसी पालन, स्थानीय स्तरमा दुध कसरी उत्पादन गर्ने, दुध सम्बन्धी सामान्य ल्याब टेस्ट लगायतका विषयमा जानकारी गराईने गाउँपालिकाले जनाएको छ । तालिम फागुन २९ गते सम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
44 %
WOW
0 %
 Like
33 %
Laugh
22 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल