धादिङ स्पेशल / नीलकण्ठ / ज्वालामुखी

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / ज्वालामुखी

धादिङमा अपराधिक उपद्र र सवारी ज्यान मुद्दाका तिन फरार प्रतिवादी पक्राउ

धादिङ : जिल्ला प्रहरी कार्यालय धादिङले अपराधिक उपद्र र सवारी ज्यान मुद्दाका तिन फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

धादिङ जिल्ला अदालतको २०७८ चैत १५ गतेको फैसलाबाट अपराधिक उपद्र मुद्दामा २ वर्ष कैद र २० हजार जरिवाना रहि फरार रहेका ज्वालामुखी गाउँपालिका–७ का ५३ वर्षीय तोयाराम रुवालीलाई आईतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

यस्तै २०६७ असार २० गतेको फैसलाले सवारी ज्यान मुद्धामा कसुरदार ठहर भई फरार रहेका थाक्रे गाउँपालिका–२ का ४३ वर्षीय मानबहादुर लामा पक्राउ परेका छन् भने २०६२ वैशाख २१ गतेको फैसलाले सवारी ज्यान मुद्दामा कसुरदार ठहर भई फरार रहेका थाक्रे–२ कै सुमन राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी जैसवारले बताउनुभयो ।

पक्राउ परेका ३ जनालाई नै आवश्यक कारबाहीका लागि धादिङ जिल्ला अदालतमा पेश गरिएको जैसवारले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
100 %
Angry
0 %

धादिङ स्पेसल