धादिङ स्पेशल / नीलकण्ठ / कला/साहित्य / संस्कृति/पर्यटन

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / कला/साहित्य / संस्कृति/पर्यटन

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन सम्पन्न, ७५ सदस्यीय कार्यसमिति चयन

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन सम्पन्न, ७५ सदस्यीय कार्यसमिति चयन

धादिङ : राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रिय महाधिवेशनबाट सबैले आज सपथ लिएका छन् । अन्तिम चुनावी परिणाम सार्वजनिक भएसँगै पदाधिकारी र सदस्य सबैले एकैसाथ सपथ लिएका हुन् ।

महाधिवेशनकोे अन्तिम चुनावी परिणाम सार्वजनिक भएको छ । अध्यक्षसहितका शीर्ष पदमा निर्विरोध निर्वाचित भएपनि अन्य पदमा मतदान भएको थियो । जसअनुसार उपाध्यक्षमा कृष्ण रेउले, रमेशराज भट्टराई, खुमन अधिकारी, पूर्णकला बीसी, राजु ढकाल, पुष्कल शर्मा र कुलेन्द्र विश्वकर्मा निर्वाचित भएका छन् । उपाध्यक्षको प्रतिस्पर्धामा शंकर बीसी र चोलेन्द्र पौडेल पराजित भएका छन्।

सचिव खुल्लातर्फ देवी घर्ती, युवराज मगर र महेन्द्र गौतम निर्वाचित भएका छन् । यो प्रतिस्पर्धामा विमल अधिकारी र कृष्णआँशु विश्वकर्मा पराजित भए । सहकोषाध्यक्षमा सम्झना लामिछाने र ईश्वरीप्रसाद भुसाल निर्वाचित भएका छन्।

महिला सदस्यतर्फ सम्झना भण्डारी, कला लम्साल, उषा सुवेदी, करिश्मा ढकाल, स्मृति तिमिल्सना, जालुमाया गुरुङ र सुशिला गौतम निर्वाचित भएका छन्। खुल्ला सदस्यतर्फ शान्तीश्री परियार, रविन लामिछाने, खेम सेन्चुरी, मनमाया वाइवा, कुमार पुन मगर, रीना थापा मगर, प्रकाश भट्ट, सुजन लम्साल, पुरुषोत्तम भण्डारी, श्रीकृष्ण बम मल्ल, कुमार राना मगर, बालचन्द्र बराल, दिनेश काफ्ले, कुशल बेल्वासे र रेशम निर्दोष निर्वाचित भएका छन् ।

कमेडी च्याम्पियनका प्रतियोगी खड्गबहादुर पुन (खबपु) सदस्यको प्रतिस्पर्धामा पराजित भएका छन् । महाधिवेशनबाट धादिङकी रीता थापा मगर सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भईन । वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी खाँण, महिला उपाध्यक्षमा राधिका हमाल सर्वसम्मत निर्वाचित भएका छन् ।

अन्य सर्वसम्मत निर्वाचित हुनेमा उपाध्यक्षमा सुवास केसी, दिपक खड्का, महासचिवमा शिव हमाल, उपमहासचिवमा हरि डाँगी, शिरिष देवकोटा, कोषाध्यक्षमा अमृत अधिकारी, महिला सचिवमा जमुना राना रहेका छन् ।

त्यसैगरी लुम्बिनी सचिवमा दिपक गजोरा मगर, सुदुर पश्चिम सचिवमा नविन सिँह थामी, उपत्यका सचिवमा प्रकाश सपुत,कर्णाली सचिवमा उत्तम शर्मा, विदेश सचिवमा रामकृष्ण वम मल्ल, प्रशासनिक सचिवमा जीवन दाहाल, सांगठनिक सचिवमा पिएन सापकोटा,सांगठनिक सह सचिवमा तारानाथ आचार्य, प्रशासनिक सह सचिवमा रामकुमार रायमाझी,बिदेश सह सचिवमा दुर्गा पंगेनी, महिला सह सचिवमा सीता राना,सह कोषाध्यक्ष महिलामा जुना श्रीष जैकली,मधेश सदस्यमा कृष्ण प्रसाद गौतम, सुदुर पश्चिम सदस्यमा पदम बहादुर थामी, उप समन्वयमा तिलक परियार र कर्णाली सदस्यमा राजकुमार खत्री निर्वाचित भएका छन् ।

३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय नर्या कार्यसमितिको कार्यकाल तिन बर्षको हुने छ । धादिङबेसीमा तीन दिनदेखि चलेको महाधिवेशन आइतबार सकिएको छ । महाधिवेशनबाट निर्वाचितहरुको सपथपछि कलाकार र लोक दोहोरीका पारखी समर्थकहरुले बाजागाजासहित धादिङबेसीमा उत्सव मनाएको छ ।

यस्तो छ, नयाँ कार्यसमिति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल