सुचना-सन्देश / स्वास्थ्य

गृहपृष्ठ सुचना-सन्देश / स्वास्थ्य

बर्ड फ्लुु फैलिने जोखिम बढेको भन्दै सतर्कता अपनाउन ललितपुर महानगरको आग्रह

बर्ड फ्लुु फैलिने जोखिम बढेको भन्दै सतर्कता अपनाउन ललितपुर महानगरको आग्रह

काठमाण्डौ : काठमाण्डौ उपत्यकामा बर्ड फ्लु देखिएपछि फैलिने जोखिम बढेको भन्दै ललितपुर महानगरपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ । महानगरपालिकाको पशु शाखाले विज्ञप्ति निकालेर पक्षी पालेको ठाउँमा नियमित सरसफाइ गरी निसङ्क्रमण गर्न आग्रह गरेको छ ।

घरपालुवा पक्षीलाई खुला नछोड्न र जङ्गली तथा अन्य चराहरुको सम्पर्कमा पुग्न नदिन, पशुपक्षी फार्ममा जैविक सुरक्षा घेरोको व्यवस्था गर्न, मरेका पक्षीलाई गहिरो खाल्डोमा पुर्न तथा प्रयोग भइसकेका पुराना क्रेट, बोरा जस्ता सामग्री आफ्नो फार्ममा प्रयोग नगर्न र अस्वाभाविक रुपमा पक्षी बिरामी भएमा तत्काल नजिकैको पशु सेवा कार्यालयमा सूचना दिन आग्रह गरिएको छ ।

 

काठमाण्डौ उपत्यकामा अहिले पक्षीको टाउको सुन्निने, सिउर लोती निलो, कालो हुने र धेरै सङ्ख्यामा एकै पटक मर्ने जस्ता समस्या देखिएको छ । बर्ड फ्लु अत्यन्तै छिटो फैलिने र मानिसमा समेत सर्न सक्ने रोग भएकाले सचेत हुन विज्ञको आग्रह छ । काठमाण्डौ उपत्यकाका तीन ठाउँमा बर्ड फ्लु पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल