धादिङ स्पेशल / सिद्धलेक / नेत्रावती

गृहपृष्ठ धादिङ स्पेशल / सिद्धलेक / नेत्रावती

धादिङमा स्वास्थ्य कार्यकर्ताहरुको ७ दिने क्षमता अभिबुद्धी तालिम बिहिबार सम्पन्न

धादिङ : धादिङमा स्वास्थ्य कार्यकर्ताहरुको लागि बृहत पोषण बिशेष कार्यक्रम सम्बन्धी क्षमता अभिबुद्धी तालिम सञ्चालन गरिएको छ । सिद्धलेक, नेत्रावती डबजोङ र ज्वालामुखी गाउपालिकाको संयुक्त आयोजनामा माघ २० गते देखी सुरु भएको ७ दिने क्षमता अभिबुद्धी तालिम बिहिबार सम्पन्न भएको हो । 

पोषण सम्बन्धी व्यवहार सुधारको लागि परामर्श र छलफल विधिद्धारा ज्ञान, सिप प्रोत्साहन गर्ने उद्धेश्यले आयोजना गरिएको तालिममा सिद्धलेक, नेत्रावती डबजोङ र ज्वालामुखीका ३० जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । 

तालिममा ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठ, सिद्धलेक गाउँपालिकाकी नर्सिङ अधिकृत नविना पौडेल, स्वास्थ्यकर्मी रामचन्द्र पन्थी र सुनिता लामा थोकरले बृहत पोषण बिशेष कार्यक्रम सम्बन्धी सहजिकरण गर्नुभएको थियो । 

ज्वालामुखी गाउँपालिकाका उपाध्यक्ष धर्मबहादुर अर्यालको अध्यक्षतामा भएको तालिम समापन समारोहमा नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आथित्य तथा सिद्धलेक गाउँपालिकाकी उपाध्यक्ष सविता अर्यालको बिशेष आतिथ्य रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल