धादिङ स्पेशल / ज्वालामुखी

गृहपृष्ठ धादिङ स्पेशल / ज्वालामुखी

धादिङको ज्वालामुखी गाउँपालिमा पोथी चितुवा मृत फेला

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ६ धौँखोलामा चितुवा मृत फेला परेको छ । डिभिजन वन कार्यालय धादिङका अनुसार निलकण्ठ नगरपालिका–९ र ज्वालामुखी गाउँपालिका–६ को सिमानामा पर्ने धौँखोलामा करिब ६० किलोग्राग पोथी चितुवा मृत भेटिएको हो ।

मंगलबार दिउँसो स्थानियले घाईते अवस्थामा फेला पारेको चितुवालाई उद्वारका लागी प्रहरी चौकी साँधभञ्याङ र डिभिजन वन कार्यालय धादिङलाई खवर गरेको तर आवश्यक श्रोत साधन नभएको कारण चितुवालाई जिवितै उद्वार गर्न नसकिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

 

मृत चितुवालाई पोष्टमार्टमको लागि भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धादिङमा ल्याईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल