नेपाल / विज्ञान/प्रविधि

गृहपृष्ठ नेपाल / विज्ञान/प्रविधि

यतीको विमान दुर्घटना : प्रारम्भिक कारण ‘इन्जिन ब्लेड सिधा हुनु’

यतीको विमान दुर्घटना : प्रारम्भिक कारण ‘इन्जिन ब्लेड सिधा हुनु’

काठमाडौँ : माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुबै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु (सिधा) देखिएको छ ।

फाइनल टर्न गर्नुअघि नै बेसलेगमा फेदर भइसकेको अनुसन्धानमा देखिएको छ । सिंगापुरको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोले प्रारम्भिक अनुसन्धानमा यस्तो तथ्य फेला पारेको हो ।

जसअनुसार गत साता गरिएको फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसनधान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एक प्रशिक्षक पाइलटका अनुसार एटीआर–७२ विमानको एउटा इन्जिनमा ६ र अर्को इन्जिनमा ६ वटा प्रोपेलर (ब्लेड) हुन्छन् । जहाजलाई उडाउँदा पाइलटले बल दिई अघि बढ्न प्रोपेलरको ब्लेड ककपिटमा रहने लिभरको सहायताले आवश्यकता अनुसार छड्के बनाउँछन् ।

‘जहाज उडान ब्लेडलाई कुनै निश्चित डिग्रीसम्म हामीले उडानमा छड्के बनाइरहेका हुन्छौं । यसो गर्दा जहाजमा ड्र्याग र थ्रस्ट पावर उत्पन्न हुन्छ । तर फेदर मोडमा हुनु भनेको जहाजको एरोडाइनामिक मुभमेन्ट नहुनु हो । अर्थात् इन्जिनले पावर दिए पनि जहाज अघि बढ्ने वा तलमाथि नहुने अवस्था हो,’ एटीआर विमानका ती पाइलटले भने ।

एटीआर पाइलटका अनुसार एटीआरको एउटा इन्जिनको प्रोपेलर फेदर हुनसक्छ तर दुबै फेदर मोडमा गएको यो बिरलै घटना हो । उडिरहेको विमानका प्रोपेलर फेदरमा जाने दुईवटा मात्रै कारण हुन सक्छन् । कि त ककपिटमा पाइलटले लिभर डाउन गर्दा हुन्छ वा नभए अनुसन्धानको विषय हो, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल