धादिङ स्पेशल / सिद्धलेक

गृहपृष्ठ धादिङ स्पेशल / सिद्धलेक

महायज्ञ एवम परेवाटार धार्मिक महोत्सव : छैटौँ दिनसम्म आईपुग्दा ४४ लाख १३ हजार रकम प्राप्त

महायज्ञ एवम परेवाटार धार्मिक महोत्सव : छैटौँ दिनसम्म आईपुग्दा ४४ लाख १३ हजार रकम प्राप्त

धादिङ : धादिङको सिद्धलेक गाउँपालिका–६ कुम्पुर परेवाटारमा श्रीमद भागवत सप्ताह धनधाञ्यचल ज्ञान महायज्ञ जारी रहेको छ । 

माघ ८ गतेदेखी परेवाटारमा अवस्थित लक्ष्मी नारायण मन्दिर प्राङ्गणमा चण्डेश्वर शिव मन्दिर,चण्डिकादेवी एवम बिशाल धर्मशाला निर्माणार्थ आयोजित संगितमय श्रीमद भागवत सप्ताह धनधाञ्यचल ज्ञान महायज्ञ एवम परेवाटार धार्मिक महोत्सवको शुक्रबार छैटौँ दिनपनि जारी रहेको छ । 

छैटौँ दिनसम्म आईपुग्दा ४४ लाख १३ हजार रकम प्राप्त भएको श्रीमद भागवत सप्ताह एवम परेवाटर धार्मिक महोत्सव व्यवस्थापन मूल समितका संयोजक बिष्णु थपलियाले जानकारी दिनुभयो ।

 

 

दान अहिले नगरे कहिले गर्ने,हामिले नगरे कसले गर्ने र यहाँ नगरे कहाँ गर्ने भन्ने मुल मन्त्रको साथ जारी भागवतको कथा वाचन बालतपस्वी पण्डित उत्तम भट्ट महाराजले गर्नुभएको छ । महायज्ञमा २१ हजार भन्दा माथि दान गर्नेहरूको नाम शिलालेखमा लेखिने आयोजकले जनाएको छ।

महायज्ञमा प्रत्येक दिन विहान ७ बजेदेखि १० बजेसम्म नित्य पूजा तथा पाठ पारायण हवन, प्रत्येक दिन विहान १० बजे देखि ५ बजेसम्म संगितमय श्रीमद् भागवत कथा वाचन सहित दाता सम्मान, प्रत्येक दिन बेलुकी ७ बजेदेखि १० बजेसम्म महात्म्य कथा भजन कृतन र झाँकी प्रदर्शन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल