धादिङ स्पेशल / सिद्धलेक

गृहपृष्ठ धादिङ स्पेशल / सिद्धलेक

धर्मशाला निर्माणको लागि आवश्यक रकम उपलब्ध गराउने : मुख्यमन्त्री शालिकराम जम्मकटेल

धर्मशाला निर्माणको लागि आवश्यक रकम उपलब्ध गराउने : मुख्यमन्त्री शालिकराम जम्मकटेल

धादिङ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकटेलले परेवाटारमा धर्मशाला निर्माणको लागि आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

शुक्रबार धादिङको सिद्धलेक गाउँपालिका–६ कुम्पुर परेवाटारमा जारी श्रीमद भागवत सप्ताह धनधाञ्यचल ज्ञान महायज्ञलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्मकटेलले शिव मन्दिर, चण्डिकादेवी एवम बिशाल धर्मशाला सम्पन्न गर्न आवश्यक सम्पुर्ण रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

 

उहाँले सिद्धलेकको समृद्धिमा टेवा पुग्ने भन्दै सबै मिलेर धर्मशाला निर्माण गर्नुपर्ने बताउनुभयो । जसरी भएपनि सम्पन्न गर्ने र यसैबर्ष बाट काम सुरु गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले धादिङमा थुर्पै धार्मिक स्थलहरु निर्माणमा सहयोग गरेको भन्दै उहाँले बोलेको कुरा पुरा गर्नुपर्ने बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
100 %
Angry
0 %

धादिङ स्पेसल