खेलकुद

गृहपृष्ठ खेलकुद

यू–१७ राष्ट्रिय टिम बनाउन एन्फाले देशव्यापी छनोट गर्ने

यू–१७ राष्ट्रिय टिम बनाउन एन्फाले देशव्यापी छनोट गर्ने

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाले यू–१७ महिला राष्ट्रिय टिम बनाउनका लागि देशभरका जिल्ला फुटबल संघमार्फत खेलाडी पहिचान गरी छनोट प्रतियोगिता सन्चालन गर्ने भएको छ ।

आगामी चैत ६ देखि १४ गतेसम्म बंगलादेशमा साफ यू–१७ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । सो प्रतियोगितामा सहभागी हुने नेपाली टिम निर्माण गर्न माघ १५ देखि २० गतेसम्म दुई चरणको छनोट प्रतियोगिता सन्चालन हुने एन्फाले बुधबार जारी गरेको वक्तव्यमा उल्लेख छ ।

माघ १२ देखि १५ सम्म पहिलो चरण र १६ देखि २० सम्म दोस्रो चरणको छनोट कार्यक्रमका लागि आआफ्नो जिल्लाबाट यू–१७ खेलाडीहरु उपलब्ध गराउन एन्फाले आवद्ध जिल्ला संघहरुलाई अनुरोध गरेको छ ।

यू–१७ राष्ट्रिय टिमका लागि भगवती रानामगरले प्रशिक्षण संहाल्नेछिन् । एन्फाले आवद्ध जिल्ला संघहरुलाई प्रशिक्षक रानासँग सम्पर्क गर्न भनेको छ । २०६३ पुस १७ देखि २०६६ पुस १६ गतेभित्र जन्मिएका खेलाडीले मात्र छनोट प्रतियोगिता खेल्न पाउनेछन् । उनीहरुले नावालक परिचयपत्र वा नागरिकता वा पासपोर्ट अनिवार्य ल्याउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल