आर्थिक / व्यापार

गृहपृष्ठ आर्थिक / व्यापार

पोखरा अन्तराष्ट्रिय विमानस्थल आजदेखि सञ्चालन

पोखरा अन्तराष्ट्रिय विमानस्थल आजदेखि सञ्चालन

पोखरा : पोखरा अन्तराष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार विमानस्थलको उद्घाटन गरेका हुन् ।

पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री दाहालले सो अन्तराष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति रहेको थियो । यसअघि त्यस क्षेत्रका हेलिकप्टरमार्फत् पुष्प वृष्टि गरिएको थियो । समारोहमा पोखराबासीको उत्साहजनक उपस्थिति रहेको छ ।

आज अन्तर्राष्ट्रिय उडान भने भएन । अन्तर्राष्ट्रिय उडान फागुन दोस्रो सातापछि मात्रै खुल्ने बताइएको छ ।अन्नपूर्ण हिमशृंखलाको आँगनमै बनेको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको खुसियालीमा पोखरा महानगरले आइतबार सार्वजनिक बिदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल