धादिङ स्पेशल / कला/साहित्य / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / कला/साहित्य / नेपाल

लोक तथा दोहोरी गीत प्रतिष्ठानले केन्द्रिय महाधिवेशन धादिङवेशीमा गर्ने, धादिङकी थापा अध्यक्षमा उठ्दै

लोक तथा दोहोरी गीत प्रतिष्ठानले केन्द्रिय महाधिवेशन धादिङवेशीमा गर्ने, धादिङकी थापा अध्यक्षमा उठ्दै

धादिङ : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आठौँ केन्द्रिय महाधिवेशन धादिङ जिल्लामा हुने भएको छ ।

प्रतिष्ठानको मंगलबार बसेको विशेष बैठकले फागुन १३, १४ र १५ गते जिल्ला सदरमुकाम धादिङ वेशीमा केन्द्रिय महाधिवशेन गर्ने निर्णय गरेको हो ।

वैठकले माघ ६ र ७ गते चितवनको सौराहामा प्रतिष्ठानको जिल्ला, समन्वय, विदेश र प्रदेश शाखाका अध्यक्षहरुलाई वधाई तथा संस्थागत प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । 

त्यस्तै मंगलबारको वैठकले प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङलाइ  सम्मान स्वरुप मासिक रु ५ हजार रुपैया संस्थागत सेवा भत्ता आजिवन प्रदान गर्ने निर्णय गरेको छ । 

यस अघि धादिङ जिल्ला अधिवेशनका बेला केन्द्रिय महाधिवेशन धादिङमा गर्न जिल्ला शाखाले केन्द्रिय समितिलाइ प्रस्ताव गरेको थियो । महाधिवशेनको स्थानीय संयोजनको जिम्मा जिल्ला शाखाले गर्ने छ ।

महाधिवेशनमा यस पटक केन्द्रिय अध्यक्ष पदका लागि धादिङ कि बरिष्ठ लोक गायिका रीता थापाले अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरिसकेकी छिन् । थापा हाल केन्द्रिय उपाध्यक्ष छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल