धादिङ स्पेशल / गजुरी

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी

पृथ्वी राजमार्गमा बस र माइक्रोबस ठोक्किदा १ जनाको मृत्यु, १२ घाइते

पृथ्वी राजमार्गमा बस र माइक्रोबस ठोक्किदा १ जनाको मृत्यु, १२ घाइते

धादिङ : पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकै बस र माइक्रोबस ठोकिदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । 

काठमाडौंतर्फ आउदै गरेको लु २ ख २६४४ नम्बरको बस र लमजुङतर्फ जादै गरेको बा२ख ४७६२ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किदा एक जना महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए । 

 

डिएसपी खत्रीका अनुसार २८३० बर्षको महिलाको मृत्यु भएको हो । सनाखत भैसकेको छैन । दुर्घटनामा परी घाइते भएकाहरुको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेका छन् ।

केहि घाइतेहरुलाई थप उपचारका लागि काठमाडौ स्थित ट्रमा सेन्टरमा पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल