धादिङ स्पेशल / राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

गृहपृष्ठ धादिङ स्पेशल / राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

समानुपातिक तर्फ धादिङमा ३२ दलले कटाएनन् १ सय मत, १ हजार कटाउने ७ दलमात्रै

समानुपातिक तर्फ धादिङमा ३२ दलले कटाएनन् १ सय मत, १ हजार कटाउने ७ दलमात्रै

धादिङ : प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सकिएको छ । देशभरबाट प्राप्त समानुपातिक मत जोडेर विभिन्न पार्टीले पाउने साँसद संख्या समेत निर्वाचन आयोगले भाग लगाइदिसकेको छ ।

समानुपातिक तर्फ चुनावी अभियानमा देशभर ४७ दल सहभागी भएका थिए । चुनावमा सहभागी भएका ४७ दलमध्ये ३२ वटा राजनैतिक दलले धादिङ जिल्लामा १ सय मत पनि कटाउन सकेनन् ।

दुइ वटा संघिय निर्वाचन क्षेत्रबाट कुल ४१ हजार ८८ मत ल्याउदै नेकपा एमाले पहिलो दल जम्मा ४ मत ल्याएर पिछडावर्ग निसाद दलित जनजाती पार्टी अन्तिममा रहेको छ । यस पटक निर्वाचनमा सहभागी भएका ३२ वटा राजनैतिक दलले १ सय मत पनि कटाउन सकेनन् । 

३७ हजार ५ सय २४ मत ल्याउदै नेपाली काँग्रेस दोस्रो हुँदा २७ हजार २ सय ८८ मत ल्याएर नेकपा माओवादी केन्द्र तेस्रो भएको छ । त्यस्तै राष्टिय स्वतन्त्र पार्टी १५ हजार ७ सय ५५ मत सहित चौथो स्थानमा छ भने राप्रपाले १० हजार ५३ मत ल्याएर पाँचौ स्थानमा रहेको छ ।

नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकिकृत समाजबादीको मत जिल्ला भर १० हजार पनि पुग्न सकेन । धादिङ जिल्लालाइ समाजबादीको बलियो जिल्लामा गनिएतापनि जम्मा ८ हजार ४ सय २९ मत मात्रै पार्टीले पाएको छ ।

त्यस्तै प्रदेश सभाको समानुपातिक तर्फ पनि २४ वटा राजनितिक दलहरुले १ सय मत कटाउन सकेका छैनन् । ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको धादिङमा नेकपा एमालेले ४५ हजार ४ सय १ मत ल्याएर पहिलो हुँदा नेपाल संघिय समाजबादी पाटी र साझा पार्टीले जम्मा ७ मत ल्याउदै अन्तिम भएको छ ।

प्रदेश सभातर्फ पनि नेपाली काँग्रेस दोस्रो हुँदा, नेकपा माओवादी केन्द्र तेस्रो भएको छ ।

समानुपातिक सघ तर्फ धादिङ जिल्लामा दलहरुले पाएको मत विवरण

प्रदेश सभा तर्फ दलहरुले पाएको समानुपातिक मत विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
100 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल