धादिङ स्पेशल / धुनीवेशी / थाक्रे

गृहपृष्ठ धादिङ स्पेशल / धुनीवेशी / थाक्रे

थाक्रे र नौबिसेबाट ९९ किलो गाँजासहित चारजना पक्राउ

थाक्रे र नौबिसेबाट ९९ किलो गाँजासहित चारजना पक्राउ

धादिङ : धादिङका बिभिन्न स्थानबाट ९९ किलो लागूऔषध गाँजासहित चार जना पक्राउ परेका छन् ।

थाक्रे गाउँपालिका–५ स्थित दामेचौरदेखी महादेववेशी जाने कच्ची सडकबाट ९३ किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा थाक्रे गाउँपालिका–४ का २१ वर्षीय ईमान तामाङ र ६० वर्षीय काले तामाङ रहेका छन् ।

शनिबार बिहान करिब ३ बजे ईमान तामाङले चलाई ल्याएको ग १ त ६१६१ नं को ट्याक्टरमा चेकचाँज गर्दा ९३ केजी अवैध लागूऔषध गाँजाको सुकेको बोट फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, शुक्रबार बिहान धुनिबेशी नगरपालिका–७ नौबिसेबाट ६ किलो ५ सय ग्राम गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–१५ बस्ने २६ वर्षीय सन्तोष महर्जन र सोही ठाउँका २१ बर्षिय सर्जन देउला रहेका छन् ।

प्रदेश नं ३ ०३–०३ प ११८ नम्बरको स्कुटरमा सवार उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

आईतबार जिल्ला प्रहरी कार्यालय धादिङमा पत्रकार सम्मेलन गरी पक्राउ परेका चारैजनालाई सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
100 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल