Weather : 14.12° Celsius Kathmandu
धादिङ : धादिङमा जारी जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधीको लागि सिद्धलेक गाउँपालिका र खनियाबास गाउँपालिका भिड्ने भएका छन् ।
जिल्ला भलिबल संघ धादिङको आयोजनामा सदरमुकाम धादिङबेशीस्थित कभर्डहल सँगैको खेलमैदानमा जारी प्रतियोगिताको आज भएको सेमिफाईनका खेलमा गंगाजमुनालाई हराउदै खनियाबास फाईनल प्रवेश गरेको हो भने रुवीभ्यालीलाई हराउदै सिद्धलेक फाइनलमा प्रवेश गरेको छ ।
फाईनल खेल दिउँसो २ बजे हुने छ । प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार ११ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ ।
त्यस्तै द्धितीय हुने टिमले नगद ५० हजार ५ सय ५५ र तृतीय हुने टिमले २० हजार २ सय २२ रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र पाउने छ भने बेष्ट सटर, सर्वर, प्लेयर, ब्लकर र स्पाईकरले ट्रफि र प्रमाणपत्र पाउने जिल्ला भलिबल संघ धादिङले जनाएको छ ।
प्रतियोगितामा जिल्ला भित्रका ९ वटा टिमको सहभागिता रहेको थियो ।