Weather : 28.8° Celsius Kathmandu
धादिङ : धादिङ उद्योग वाणिज्य संघले पुष ७ गतेदेखि १७ गतेसम्म आठौँ धादिङ महोत्सवको आयोजना गरेको छ । धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष विष्णु प्रसाद थपलियाले बताए ।
कोरोना महामारीपछी धादिङमा महोत्सव आयोजना गरिएको यो पहिलो पटक हो । जिल्लाको सास्कृतिक विविधताको संरक्षण र आर्थिक, सामाजिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो, अध्यक्ष थपलियाले भने पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक जागरिक र पर्यटन क्षेत्रको प्रवद्र्धनमा महोत्सवले टेवा पु¥याउनेछ ।
स्थानीयस्तरमा उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी, खनिजजन्य वस्तुको प्रदर्शनी तथा विक्री, जिल्लाभित्र पाइने जडिवुटीको प्रदर्शनी तथा विक्री वितरणलाई प्राथमिकता दिइने संघका महासचिव तिलक सिंखडाले जानकारी दिए ।