धादिङ स्पेशल / गजुरी / बेनिघाट / सिद्धलेक / राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी / बेनिघाट / सिद्धलेक / राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

धादिङ क्षेत्र नं १ को प्रदेश सभा २ मा शालिकराम जम्कटेल विजयी

धादिङ क्षेत्र नं १ को प्रदेश सभा २ मा शालिकराम जम्कटेल विजयी

धादिङ : निर्वाचन क्षेत्र नं १ अन्तरगत प्रदेश सभा २ मा गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कटेल विजयी भएका छन् । नेकपा एमालेका गजेन्द्र थपलियालाइ ७ हजार ४ सय २५ मतअन्तरले पराजित गर्दै जम्कटेल विजयी भएका हुन् ।

यो प्रदेशमा कुल ३५ हजार ९ सय ५ मत गणना हुँदा जम्कटेलले १९ हजार ९ सय ३ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी थपलियाको १२ हजार ४ सय ७८ मत आएको छ ।

जम्कटेल २०७४ को निर्वाचनमा पनि यही प्रदेशबाट प्रदेश सांसद थिए । बागमती प्रदेश सरकारमा २ वटा मन्त्रालय सम्हालिसकेका जम्कटेल यस पटक माओवादी केन्द्रबाट मुख्यमन्त्रीको दौडमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल