धादिङ स्पेशल / राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

गृहपृष्ठ धादिङ स्पेशल / राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

राप्रपाका डम्बर तामाङ : काँग्रेससंग मिल्दा हारे, एमालेसंग मिल्दा जिते

२०७४ मा जो संग हारेका थिए,अहिले उनैलाइ हराए

राप्रपाका डम्बर तामाङ : काँग्रेससंग मिल्दा हारे, एमालेसंग मिल्दा जिते

धादिङ: धादिङको प्रतिनिधि सभा क्षेत्र नं २ अन्तरगत प्रदेश सभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका डम्बर तामाङ विजयी भएका छन् ।

नेकपा एमालेको साथ लिएर चुनावमा उठेका तामाङले गठबन्धन दलबाट उम्मेद्वार भएका निवर्तमान प्रदेश सांसद एवं नेकपा माओवादी केन्द्रका नेता जगत सिंखडालाइ १ सय ३१ मतको झिनो अन्तरले पराजित गरेका हुन् ।

यस पटकको निर्वाचनमा २९ हजार ६ सय ७९ मत खसेको यस प्रदेशमा तामाङले १४ हजार ४ सय ८१ मत ल्याउदा सिंखडाले १४ हजार ३ सय ५० मत मात्रै ल्याए । अहिले विजयी भएका तामाङ २०७४ को प्रदेशसभा निर्वाचनमा सिंखडासंग १ हजार ८ सय ३१ मतले पराजित भएका थिए ।

२०७४ मा नेकपा एमालेसंग मिलेर चुनाव जितेका जगतलाइ अहिले तामाङले पनि नेकपा एमालेसंग नै मिलेर हराएर २०७४ को बदला लिएका छन् ।

यस प्रदेशबाट उम्मेद्वार रहेकामध्ये मंगोल नेशनल अर्गनाइजेशनका सन्तोष कुमार तामाङले ४ सय २४ मत, नेपाली काँग्रेस वीपीका सेतेमान तामाङले २ सय ८५ मत, जनता समाजबादी पार्टीका इमान तामाङले सय ४३ मत र नेपाल मजदुर किसान पार्टीका शिवराज किजुले ६५ मत र स्वतन्त्र उम्मेद्वारहरु देवी बुर्लाकोटीले ८० मत, सुन्दर तामाङले ९८ मत र मान बहादुर तामाङले ९० मत र रामकृष्ण बसौलाले ३२ मत ल्याएका थिए ।

उम्मेद्वारी मनोनयनको समयमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकल उम्मेद्वारी दिएका तामाङलाइ नेकपा एमालेले समर्थन गरेको थियो । सत्ता गठबन्धनका उम्मेद्वारहरु बलियो देखिएपछि जिल्ला तहमा नेकपा एमाले र राप्रपावीच तालमेल गरेका थिए ।

उक्त प्रदेश सभामा नेकपा एमालेबाट उम्मेद्वार रहेका धन बहादुर घलेलाइ असन्तुष्टीका वीच उम्मेद्वारी फिर्ता लिन लगाएर एमालेले डम्बरलाइ सघाएको थियो ।

यस्तो थियो अंकगणित
२७ वटा वडा रहेको यस प्रदेशमा गएको स्थानीय तहको निर्वाचनमा राप्रपाले २४ वटामा उम्मेद्वार उठाउदा जम्मा ४ वटा वडामा मात्रै विजयी भएको थियो ।

राप्रपाका वडाअध्यक्षहरुले पाएको जम्मा मत ४ हजार ४ सय ३८ रहेको थियो । त्यस्तै २७ वटै वडामा उम्मेद्वार रहेको नेकपा एमालेको मत १२ हजार २ सय ९१ मत जोड्दा डम्वरसंग १६ हजार ७ सय २९ मत थियो ।

स्थानीय चुनावमा काँग्रेससंग १२ हजार २ सय ९१ मत, नेकपा एस संग २ हजार १ सय ६६ मत र नेपाल समाजबादी पार्टीसंग ८ सय २४ मत रहेको थियो ।

उता जगत सिंखडासंग नेपाल समाजबादी पार्टी, नेकपा एस र काँग्रेसको मत जोड्दा २१ हजार ७ सय ६६ मत थियो । सिंखडाले गठबन्धन दलहरुकै भोट जोगाउन नसक्दा झिनो मतान्तरमा पराजय बेहोर्नुपरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
50 %
 Like
50 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल