धादिङ स्पेशल / धुनीवेशी / थाक्रे / गल्छी / राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

गृहपृष्ठ धादिङ स्पेशल / धुनीवेशी / थाक्रे / गल्छी / राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

धादिङ प्रतिनिधि सभा १ को प्रदेश १ मा गठबन्धनबाट मदुकुमार श्रेष्ठ विजयी

दोस्रो प्रयासमा सफल भयो श्रेष्ठको संसद यात्रा

धादिङ : जिल्लाको प्रतिनिधि सभा १ को प्रदेशसभा १ मा गठबन्धनको साझा उम्मेद्वार रहेका नेपाली काँग्रेसका मदुकुमार श्रेष्ठ १७ हजार ८ सय ३२ मत ल्याइ विजयी भएका छन् ।

उनका निकतम प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेद्वार रमेश आचार्यलाइ १ हजार २ सय ९४ मत अन्तरले पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

आचार्यको १६ हजार ५ सय ३२ मत ल्याउदा एमालेमा विद्रोह गर्दै स्वतन्त्र उम्मेद्वारी पौडेलले ४ हजार ६ सय ८८ मत ल्याएका थिए ।
एमालेमा विद्रोह गर्दै प्रदेश सभामा स्वतन्त्र उम्मेद्वारी दिएका पौडेललाइ एमाले जिल्ला तहका नेताहरुल समेत समर्थन जनाएपछि उनी निकै उत्साहित देखिएका थिए । तर पौडेलले आशातित मत भने प्राप्त गर्न सकेनन ।

आफुले विजय हाँसिल गर्न नसकेपनि पार्टीको उम्मेद्वारलाइ पराजय गराउन उनको मत पर्याप्त बनेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीसंग नेकपा एमाले धादिङले तालमेल गरेको बताएपनि निर्वाचन परिणामले भने राप्रपाले सहयोग गरेको देखिएन । यो प्रदेश सभामा राप्रपाबाट उठेका गीताप्रसाद आचार्यले १ हजार ८ सय ५२ मत ल्याएका छन् ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका धर्मराज गुरुङले ८ सय ५१ मत ल्याउदा स्वतन्त्र उम्मेद्वार रमेश प्रसाद आचार्यले पनि ४ सय ८ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वारहरु कुमार विश्वकर्माले ३ सय ८४ मत, इश्वर कोइरालाले २ सय ५१ मत, सुजन थिङले १ सय ५७ मत पाएका छन् । 

को हुन मधुकुमार श्रेष्ठ
नेपाली काँग्रेस धादिङबाट महाधिवेशन प्रतिनिधि रहेका नेता मदुकुमार श्रेष्ठ चलचित्र निर्माता समेत हुन् । नेपाली काँग्रेसको १२ औँ र १४ औँ अधिवेशनमा महाधिवेशन प्रतिनिधि जितेका उनी १३ औँ अधिवेशनमा महासमिति सदस्य समेत रहेका थिए ।

पार्टीभित्रको राजनितिमा शेर बहादुर प्यानलसंग नजिक रहेका श्रेष्ठ नेपाल तरुण दल धादिङको पुर्व उपाध्यक्ष समेत हुन् । 
२०७४ को निर्वाचनमा यही प्रदेशसभामा नेपाली काँग्रेसबाट प्रत्यासी रहेका श्रेष्ठ तत्कालिन नेकपा एमालेका नेता राजेन्द्र पाण्डेसँग पराजित भएका थिए ।

लगातारको चुनावमा पार्टीबाट टिकट लिन सफल नेता श्रेष्ठले दोस्रो प्रयासमा सांसद बन्न सफल भएका हुन ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल