धादिङ स्पेशल / नीलकण्ठ / राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / राजनिति / प्रतिनिधि/प्रदेशसभा निर्वाचन

धादिङ क्षेत्र नं २ को प्रदेश सभा १ मा नेपाली काँग्रेसका गोविन्द लंसाल विजयी

लंसालको पहिलो संसदीय यात्रा 

धादिङ क्षेत्र नं २ को प्रदेश सभा १ मा नेपाली काँग्रेसका गोविन्द लंसाल विजयी

धादिङ: धादिङको प्रतिनिधि सभा क्षेत्र नं २ अन्तरगत प्रदेशसभा १ मा गठबन्धनका उम्मेद्वार नेपाली काँग्रेसका नेता गोविन्द लंसाल विजयी भएका छन् । नेकपा एमालेका उम्मेद्वार डा। राम कुमार अधिकारीलाइ २ हजार ९ सय ९७ मतले पराजित गर्दै लंसाल विजयी भएका हुन् ।

लंसाल नेकपा माओवादी केन्द्र र नेकपा एस र नेपाली काँग्रेसका साझा उम्मेद्वार रहेका थिए । अधिकारीलाइ भने राष्टिय प्रजातन्त्र पार्टीको समर्थन रहेको थियो ।

यो प्रदेशमा खसेको कुल ३८ हजार ३ सय १ मत मध्ये लम्सालले १९ हजार ४ सय १९ मत प्राप्त गरेका थिए । त्यस्तै अधिकारीले १६ हजार ४ सय २२ मत पाएका थिए । यो प्रदेशमा १ हजार २ सय ६ मत बदर भएको थियो । 
यस प्रदेश सभामा उम्मेद्वार रहेका मंगोल नेशनल अर्गनाइजेशनका शालिकराम थापा मगर (कुखुराको भाले) ले १ हजार  १३ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेद्वारहरु दयाराम लंसाल र खड्क कुमारी सापकोटाले क्रमशः १ सय ४२ र ९९ मत प्राप्त गरेका छन् ।

को हुन गोविन्द लम्साल
नेपाली काँग्रेस धादिङका पाका र पुराना नेता हुन् गोविन्द लम्साल तर यस पटकको संसदीय निर्वाचनमा भने नयाँ अनुहार हुन् ।

२०३७ सालदेखि राजनीतिमा होमिएका लम्साल सुरुमा काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा आवद्ध भएका थिए । २०५४ सालमा तरुण दल धादिङको नेतृत्व गर्दै ११ औँ जिल्ला अधिवेशनबाट नेपाली काँग्रेसको जिल्ला सचिवमा निर्वाचित भएका थिए ।

२०४४ सालमै सरकारी जागिर ९शिक्षक० खाएको बेला एउटा कार्यक्रममा जय नेपाल शब्द सम्वोधन गरेकै कारण तत्कालिन सिडियो र जिल्ला पञ्चायतको ठाडो निर्देशनमा उनी बर्खास्तीमा परेपछि पूर्णकालिन राजनीतिमा होमिएका थिए ।

नेपाली काँग्रेस पार्टीभित्रको राजनीतिमा शेर बहादुर देउवा प्यानल नजिक रहेको लम्साल पार्टीको १३ आँै र १४ औँ अधिवेशनमा महाधिवेन प्रतिनिधिमै पराजित भएका थिए । देश संघीय संरचना गइसकेपछि भएको पहिलो क्षेत्रीय अधिवेशनमा पनि सभापति पदमा लम्साल पराजित भएका थिए ।

टिमभित्रको राजनितिमा सधै पछाडि परिरहे पनि उनी नेपाली काँग्रेसको राजनीतिबाट कहिल्यै टाढा भएनन् । सधै पछाडी परिरहे पनि नेपाली काँग्रेसको आस्था र झण्डा बोकेर हिडिरहे । टिम राजनितिमा पछाडि परेर माथिल्लो पदमा पुग्न नसकेपनि तल्लो तहका नेता कार्यकर्ताहरुसंग पनि टाढा भएनन् । फलस्वरुप पार्टीले दिएको पहिलो संसदीय जिम्मेवारीमै उनले बाजी मार्न सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल