धादिङ स्पेशल / ज्वालामुखी / दुर्घटना

गृहपृष्ठ धादिङ स्पेशल / ज्वालामुखी / दुर्घटना

धादिङको ज्वालामुखीमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु, ६ घाइते

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ४ मा बोलेरो दुर्घटना हुदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । घटनामा परि अन्य ६ जना घाइते भएका छन् । 

ज्वालामुखि गाउँपालिकाको वडा नं ४ टारी भित्री सडक खण्डमा अर्याल गाउँ तर्फ जादै गरेको ग १ ज ५५८० नम्बरको धान,पराल बोकेको बोलेरो गाडि अनियन्त्रीत भई सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

उक्त दुर्घटनामा अर्याल गाउँ बस्ने उत्तम अर्यालको घटना स्थलमै मृत्यु भएको हो । घटनामा बोलेरो चालक सहित सोही गाउँका अन्य ६ जना घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल धादिङ ल्याईएको छ । घाइतेहरुको अवस्था सामान्य भएको प्रहरीले जनाएको छ ।
 

घाईतेहरुको  िववरण:-

१. चालक धादिङ ज्वालामुखी गाउँपालीका ४ अर्याल गांउ बस्ने बर्ष २० को समिर गदेल बाहिरि चोट नभएको अवस्था सामान्य ।
२. धादिङ ज्वालामुखी गाउँपालीका ४ बस्ने बर्ष  ३१ को प्रकाश अर्याल दाईने हातमा चोट अवस्था सामान्य ।
३. धादिङ ज्वालामुखी गाउँपालीका ४ बस्ने बर्ष ३८ को सोम बहादुर  दुवाडि छाति र कम्मरमा चोट अवस्था सामान्य ।
४. धादिङ ज्वालामुखी गाउँपालीका ४ बस्ने बर्ष  ४२ को राम बहादुर बि।क। टाउकोमा चोट अवस्था सामान्य ।
५. धादिङ ज्वालामुखी गाउँपालीका ४ बस्ने बर्ष  ५२ को किसन बि।क। दाहिने हात र कुममा चोट अवस्था मध्यम ।
६. धादिङ ज्वालामुखी गाउँपालीका ४ बस्ने बर्ष  १५ को प्रितम गदेल दाहिने हातमा चोट अवस्था सामान्य ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल