अपराध

गृहपृष्ठ अपराध

बारामा २५ किलो गाजा सहित एक जना पक्राउ

बारामा २५ किलो गाजा सहित एक जना पक्राउ

वीरगञ्ज : बाराबाट प्रहरीले २५ किलो लागु औषध गाजा सहित एक जनालाई पक्राउ गरेको छ । निजगढ नगरपालिका वडा नं. १२ बारथली बस्ने ५८ वर्षीय प्रेमबहादुर लोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबार राति इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट खटिएको प्रहरी टोलीले निजगढ १२ कुलियाबाट उनलाई पक्राउ गरेको थियो । कुलियामा प्रहरी टोलीलाई देख्ने वित्तिकै उनी सहित ३ जनाले बोकेर ल्याएको बोरा फालेर भागेका थिए ।

२ वटा बोरामा ७ किलोका दरले १४ किलो र एउटा बोरामा ११ किलो गरी जम्मा २५ किलो लागु औषध गाजा बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रेम विरुद्ध लागु औषध मुद्धामा बारा जिल्ला अदालतबाट म्याद थप गरी फरार रहेका २ जनाको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल